दमक /भदौ २० गते निर्वाचन प्रस्ताव गर्न लागि दमक उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षको उम्मेद्वारको बिषय टुंगो नलाग्दा निर्वाचनको रौनक देखिन्न । खुलेर कसैले भोट नमागेपनि बजारमा ४ जना अध्यक्षको चर्चा कायमै देखिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली काँग्रेस निकट ब्यवसायीले गोकुल श्रेष्ठनै सर्वसम्मत उम्मेद्वार रहेको बताईसकेका छन् । एकप्रकारले निर्णय नै भएको सार्वजनिक भइसकेको छ । श्रेष्ठले समेत तयारी गरेको ब्यवसायी बृतमा चर्चा छ ।  बजारमा कतिपय ब्यवसायीले प्रकाश प्रशाइ पनि अझै पनि अध्यक्षको उम्मेद्वार बन्न सक्ने अड्कलबाजि कायमै राखेको देखिन्छ । यद्यपी प्रसाइले श्रेष्ठलाइ समर्थन गर्दै आफ्नो दाबी नरहेको काँग्रेस निकट ब्यवसायीको बैठकमा आफ्नो भनाइ राखेका थिए ।

यता नेकपा निकट ब्यवसायीहरुले आफ्नो अध्यक्ष छान्न सकिरहेका छैनन् । गत २१ गतेभित्र उम्मेदवार टुंगो लगाउन दिएको जिम्मेवारी पुरा नगरेपछि यसले अन्योलता सिर्जना गरेको बताईने गरेको छ । अझ अध्यक्षका प्रमुख दाबेदार बिमल खतिवडा र प्रथम उपाध्यक्षका प्रमुख दाबेदार युवराज घिमिरेले उम्मेदवार चयन प्रक्रियामा असन्तुष्टि जनाउदै प्रक्रियाबाट बाहिरीएको जनाएपछि ब्यवसायीक बृतमा तरंग नै पैदा भएको छ ।

उम्मेदवार छान्न बनेको ब्यवसायीको समितिको संयोजकलाइ लिखित रुपमा नै निवेदन दिएर उनिहरुले निर्धारीत समयमा उम्मेदवार नछानिएको भन्दै यो प्रक्रियाबाट बाहिरिएको जनाएका थिए । यद्यपी उनिहरुले आफुहरुको दाबीबाट पछि नहटेको ब्यवसायीहरुसंग बताउदै आएकाछन् । यसले गर्दा खतिवडाको पनि अझै दाबी कायमै रहेको बुझिन्छ ।