दमक/दमक उद्योग बाणिज्य संघको भोली हुने साधरणसभा नयाँ नेतृत्वका लागि उम्मेदवार बिहिन अवस्थामा हुने भएको छ । नेकपा र काँग्रेस निकट दुबै प्यानलका उम्मेदवारहरु सार्वजनिक नहुँदा उम्मेदवार विहिन साधरणसभा बन्न लागेको छ । यद्यपी अझै केहि समय बाँकी रहेकाले उम्मेदवार सार्वजनिक हुनसक्ने कतिपय ब्यवसायीको अनुमान रहदै आएको छ ।

शुक्रबार हुने साधरणसभाले नयाँ नेतृत्व चयनका लागि भदौ २० लाइ निर्वाचन मिति तोक्ने छ । केहि दिन अघि भएको संघको बैठकले यस्तो निर्णय गरेको थियो । छोटो समय बाँकी रहेकाले उम्मेदवार हुनेहरुले बिगतजस्तो तडकभडक र खर्च भने गर्ने अवस्था नरहने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली काँग्रेस निकट ब्यवसायीले गोकुल श्रेष्ठलाइ अघि सारेको बताउदै आएपनि औपचारिक घोषणा भएको छैन । यसले गर्दा अन्योलता भएको अनुमान ब्यवसायीले लगाएकाछन् ।

यता नेकपामा राजेन्द्र ढकाल र बिमल खतिवडामध्ये कस्लाइ अघि बढाउने भन्ने अन्योलता कायमै रहेको बताइन्छ । यसले गर्दा निर्णय हुन नसकेको र अझ केहि दिन उम्मेदवार टुंगो लाग्ने अवस्था देखिन्न ।