दमक/ झापाको दमकका मुख्य बजार क्षेत्रमा लगाईएको सोलारबत्तीमा भ्रष्टाचार भएको र देखाउन लागि मात्र लगाएजस्तो अवस्थाको रहेको ब्यवसायीहरुले गुनासो गरेकाछन् । केहि महिना अघि लागाइएका बत्ती अहिले बल्न छाडिसकेकाछन् ।

धेरै बत्तीहरु अहिले रातमा नबल्ने गरेको बताइन्छ । थानारोडका एक ब्यवसायीले भने, यो त कमाउधन्दाका लागि मात्र लगाइएको रहेछ अहिले बल्दैबल्दैन । दमकमा रातको समयमा पनि ब्यापार ब्यवसाय गर्न सहजताका लागि भन्दै सोलारबत्ती लगाउने काम भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड