झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको केर्खामा भारतीय लहरीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका स्थित सानो केर्खा बजार छेउ सो दुर्घटना भएको भएको हो ।
दुर्घटनामा परि अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको छ । पूर्ववाट पश्चिम तर्फ आउदै गरेको भारतीय एच आर ६९ सी ३१७१ नंम्वरको लहरीले महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
मृतक महिलाको पहिचान खुलेका छैन । उनको सव पोष्टमार्टमको लागि दमक स्थित दमक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।










