दमक/दमक उद्योग बाणिज्य संघको आउदो भदौ २० गते हुने निर्वाचनमा नेकपा निकट ब्यवसायीको तर्फबाट बिमल खतिवडा अध्यक्ष बन्ने भएकाछन् । सर्वसम्मत रुपमा खतिवडाको नाम ब्यवसायीहरुको तर्फबाट बनेको कार्यदलले ल्याएपछि हुने अध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खतिवडा वर्तमान बरिष्ठ उपाध्यक्ष र त्यो भन्दा अघि कार्य समिति सदस्य रहेका थिए । दमकमा लामो समयदेखि ब्यवसाय गर्दै आएका उनि लायन्स, रोटरी लगायतका संघसंस्थामा पनि आवद्ध रहेकाछन् ।

बरिष्ठ उपाध्यक्षमा गोपाल गुरागाइ, प्रथम उपाध्यक्षमा युवराज घिमिरे, दितिय उपाध्यक्षमा घनश्याम खनाल र तृतीय अध्यक्षमा ज्ञानु पौड्यालको उम्मेदवारी रहने श्रोतको भनाइ छ । यद्यपी यसको आधिकारीक पुष्टि र सार्वजनिक भएको छैन ।

पदाधिकारी र सदस्यहरु छनौट भएर आइतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताईएको छ ।