दमक/ आउदो भदौ २० गते हुने दमक उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतीशिल (नेकपा समर्थित ब्यवसायी ) को तर्फबाट अध्यक्ष सहित सर्वसम्मत रुपमा पदाधिकारी र सदस्यहरु सार्वजनिक गरिएको छ । निर्वाचन परिचालन समितिका संयोजक धुब्र भट्टराइले नाम सार्वजनिक गरेकाहुन् ।

अध्यक्षमा बिमल खतिवडा, बरिष्ठ उपाध्यक्षमा गोपाल गुरागाँइ, प्रथम उपाध्यक्षमा युवराज घिमिरे, द्वितिय उपाध्यक्षमा घनश्याम खनाल र तृतिय उपाध्यक्षा ज्ञाननाथ पौड्याल (ज्ञानु) उम्मेदवार भएकाछन् । यसैगरी लेखा समिति संयोजकमा खोम बगाले उम्मेदवार बनेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उम्मेद्वार छान्नका लागि ब्यवसायीहरुको तर्फबाट एक महिना अघि नै २९ सदस्यीय समिति बनाईएको थियो । त्यस समितिले बजारको सर्वेक्षण गरेर खतिवडा सहितको प्यानल घोषणा गरेको सो अवसरमा बताईएको थियो ।