काठमाडौं- आज इतिहासमा नै पहिलो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फरेन्समार्फत बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली हाल उपचारका लागि सिंगापुर छन्। उनी उतैबाट कन्फरन्समार्फत सहभागी छन्।
बैठककाे अध्यक्षता पनि प्रधानमन्त्रीले नै गरेका छन्।
यसअघिको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सिंगापुर रहँदा भिडियो कन्फ्रेन्समार्फत बैठक बस्ने निर्णय गरेको थियो।











