दमक /दमक उद्योग बाणिज्य संघको आगामि भदौ २० मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस,राप्रपा,समाजवादी पार्टी नेपाल, लिम्बुवान ,जनमुक्ति लगायतका साना दलहरु समेतका ब्यवसायीहरुको सहभागिता उम्मेदवार घोषणा भएको छ ।

 लोकतान्त्रिक गठबन्धनबाट अध्यक्षमा गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सहदेब आचार्य सुरज, प्रथम उपाध्यक्षमा राजु खड्का , दितीय उपाध्यक्षमा राजकुमार योङ्गया र तृतीय उपाध्यक्षमा रमा लिम्बु उम्मेदवार सार्वननिक भएकाछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खुला सदस्यमा नविन अग्रवाल, चन्द्र खत्री, तुलसीराम तिम्सिना, रुपक दाहाल, सुरज लिम्बु, संजिव रौनियार उम्मेदवार बनेकाछन् । यसैगरी खुला महिला तर्फ दिलु सुब्बा र सुष्मा निरौला सदस्य बनेकाछन् ।

बस्तुगत तर्फ मोवाईलका भेनस श्रेष्ठ, होटलका मोहन ढकाल,अटो मोवाइल्सका प्रकाश नेपाल, सुनचाँदीका रुवल अधिकारी र ग्यासका तिलक डाँगी सदस्य रहेकाछन् । लेखा समिति संयोजकमा पारसमणि आचार्य र सदस्यहरुमा दिपेन्द्र तिवारी र संजिव बरालल उम्मेदवार रहेको घोषणा गरिएको छ ।

हिजो बिमल खतिवडा सहितको प्यानल घोषणा भएको थियो । प्रगतीशिल समुहको तर्फबाट अध्यक्षमा खतिवडा, बरिष्ठमा गोपाल गुरागाइ, प्रथममा युवराज घिमिरे, द्वतियमा घनश्याम खनाल र तृतियमा ज्ञानु पौड्याल सहितको टिम घोषणा भएको थियो ।

यसैगरि खुल्लातर्फ छ सदस्यमा  भरत चम्लागाई,असिम राई,पदम न्यौपाने,सुवास गड्तौला ,राजकुमार थापा र सुमन काफ्ले तथा पाँच बस्तुगत तर्फ सदस्यहरुमा रेडिमेडबाट सन्तोष पौडेल, फर्चिनरवाट दिनेस सुवेदी, जुत्ताचप्पलबाट रिंगकुमार आचार्य ,भाडावर्तनबाट तोयानाथ अधिकारी ( राजेश) लाई उम्मेदवार वनाउने निर्णय गरिएको जनाएका छन् ।

यसैगरि , लेखा संयोजकमा खोमबहादुर बगाले थापा , सदस्यद्धयमा मिन मगर र लालबहादुर श्रेष्ठ उम्मेदवार रहने जानकारी दिएका छन् । उम्मेदवार उम्मेदवार घोषणा कार्यक्रममा पार्टीका नेता,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।