दमक/ प्रगतीशिल प्यानल र लोकतान्त्रिक प्यानलले आफ्नो चुनावी पूचारलाइ तिब्रता दिएकाछन् । उम्मेदवारी मनोनयनसंगै आक्रमक रुपमा चुनावी प्रचारमा लागेकाछन् ।
प्रगतीशिलकको तर्फबाट अध्यक्षमा बिमल खतिवडा सहितको प्यानल र लोकतान्त्रिकको तर्फबाट गोकुल श्रेष्ठ सहितको प्यानलले उम्मेदवारी दर्ता गरेकाछन् । दलबल सहित दुबै समुहले उम्मेदवारी दर्ता गराएकाहुन्
यसैबीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले ३ बर्षको अवधिमा दमक उद्योग बाणिज्य संघमा आमूल परिवर्तन भएको बताउदै त्यसको निरन्तरता आवश्यक भएको बताएछन् ।
बिमल खतिवडा अध्यक्ष नेतृत्वको प्रगतीशिल प्यानलको निर्वाचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकाहुन् ।
उनले इलम प्रशिक्षण केन्द्र जग्गा ब्यवस्थापनदेखि लिएर ब्यवसायीक हितकोषको स्थापनाको बिषयमा कुरा राख्दै भ्रम नछर्न आग्रह गरे ।
अध्यक्ष उम्मेदवार बिमल खतिवडा र अगुवा ब्यवसायी गणेश बस्नेतले ब्यवसायीहरुले परिवर्तन यो समुहले गर्ने जनाउदै ब्यवसायीको भावाना र अपेक्षालाइ मर्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।












