विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा दुइदिन अघि देखि दुइ नाबालक सहित बेवारिसे अवस्थामा भेटिएकी एक महिलालाइ मंगलवार उद्धार गरिएको छ । १५ महिनाकी विरामी नाबालिका, ४ बर्षको छोरो सहित आफ्नो उमेर थाहा नभएको बताउने महिलालाइ दमक नगरपालिकाले उद्धार गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दीपा राजवंशी नाम बताउने अन्दाजी २० बर्षिया ति महिला दमक बजारमा एक घरको सिढीमा राती देखेपछि स्थानीय गीता शंकरले घरको गेटभित्र लगेर झुल र केहि ओछ्याउने कपडा दिएर राखेकी थिइन् । रातको समयमा केहि ब्याक्तिहरुको गिद्धे दृष्टि परेको महसुस गरेर आफुले राखेको र रातभर चिन्ताले नसुतेको शंकरले बताइन् ।

राजवंशीले आफु बिर्तामोडको बुढाथोकीको घरमा बसेको र त्यहि बस्नेसंगै विवाह भएको बताइन् । एक महिना अघिदेखि श्रीमान् बेपत्ता भएको त्यो घरमा पनि निस्केर जहाँ जान्छेस जहाँ भनेपछि आफु यहाँ कसरी आइपुगेको भन्ने पनि थाहा नपाएको बताइन् । आफ्नो घर नै नभएको समेत उनको भनाइ रहेको छ ।

भोको पेट र सानो नानी समेत विरामी अवस्थामा रहेको पाइएकाले थप केहि पनि नसोधिएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । पीडामा रहेकी महिलालाइ तत्काल नगरपालिकाको सेफ हाउसमा राखिने र बिरामी बच्चाहरुको दमक अस्पतालमा निशुल्क उपचारको बन्दोबस्त मिलाईएको पनि उनले जनाएकीछन् । सानो उमेरकी महिला आफै बिक्षिप्त देखिएकाले धेरै कुरा सोधिखोजी गरेका छैनौ र तत्काल उद्धार गरेर राखिएको छ, उनले भनिन् ।

लायन्स क्लव अफ गोल्डका अध्यक्ष काशि खाती, लायन्स क्लव अफ स्टर्न लायनका पुर्व अध्यक्ष बिमल शर्मा लगायतले यो थाहा पाएपछि उद्धारका लागि आवश्यक पहल शुरु गरेपछि नगरपालिका आफैले यसको जिम्मा लिएको जनाईएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले स्वास्थ्य जाँच गरेर आवश्यक परामर्श शुरु गरिएको छ ।

दमक नगरपालिकाले गतबर्षदेखि यस्ता महिलाहरुलाइ अस्थाइ रुपमा राख्नका लागि सेफ हाउस सञ्चालनमा ल्याएको छ । यहि सेफ हाउसमा आफ्ना बच्चा सहित उद्धार गरिएकी महिला बस्ने र परिवार खोज्ने प्रयास गरिने पनि बताईएको छ ।