दमक
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको सुरुङगा स्थित जामुनखाडी चोक छेउमा केहि समय अघि बस दुर्घटना भएको छ ।
दानावारीबाट धरान तर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबहाक बस र भद्रपुरबाट जामुनखाडी जाँदै गरेको मे ११ प ७९७७ को स्कुटी ठोक्किएको हो ।
बस र स्कुटर एक आपसमा ठोक्किदा स्कुटीमा सवार भद्रपुर ९ कि २६ वर्षीया सुजन पोखरेलको घटनास्थलमै मृत्यू भएको पनि प्रहरीले जनाएको छ ।
दुर्घटनामा १७ जना घाइते छन् ।










