काठमाडौं । हाम्रो देशको विवाह जातजाती धर्मसस्कृति अनुसार फरकफरक छ । विवाह सबै देशमा गरिन्छ । विधिहरु फरक छन । विश्वमा थुप्रै देशहरू छन्, जहाँको अनौठा कानुन सुनेर मानिसहरू चकित हुन्छन् । त्यस्तै एउटा देश हो फ्रान्स , जसको विचित्र कानूनले तपाईंलाई चकित पार्छ।

फ्रान्स विकसित देशहरूको श्रेणीमा पर्दछ, क्षेत्रगत हिसाबले युरोपको सबैभन्दा ठूलो देश हो फ्रान्स, जबकि विश्वमा यो ४३ नम्बरमा छ। यहाँ मानिसहरु खानाको ठूलो सम्मान गर्छन्। यही कारण यहाँका होटलहरूमा बचेका खानाहरु फ्याँक्न गैरकानूनी मानिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अप्रिल फूलको मनाउन फ्रान्सबाटै शुरू भएको सबैलाई थाहा छ । यहाँ महिलाहरु संसारका अन्य देशहरु भन्दा लामो समयसम्म बाँचिरहेका छन्। फ्रान्समा लगभग ४७०० प्रकारका पनिरका व्यंजनहरू बनाइन्छन्। मोटा मानिसको कुरा गर्ने हो भने, युरोपका अधिकांश मोटा मानिसहरु फ्रान्समा छन्।

फ्रान्स विश्वको पहिलो देश हो जसले पहिलो अन्तर्राष्ट्रिय इकाई प्रणाली अपनाएको छ, जस्तै किलोमिटर, किलोग्राम, लिटर।

विवाहको अवसरमा सेतो सूट लगाउने परम्परा फ्रान्समा विगत ५०० बर्षदेखि प्रचलित छ। यहाँ यसको सुरुवात सन् १४९९ बाट भएको थियो । फ्रान्स इङ्ल्याण्डपछिको दोस्रो देश हो जसले विश्वका धेरै भागहरूमा शासन गरेको थियो । फ्रान्सले संसारको कुल भागको ८।१ प्रतिशत भागमा शासन गरेको थियो।

फ्रान्समा एउटा विचित्र कानून छ, जस अन्तर्गत मानिसहरूले मरेको पुरुष वा महिलालाई पनि विवाह गर्न सक्छन्। यद्यपि यस्तो विवाहको लागि व्यक्तिहरूले राष्ट्रपतिबाट अनुमति लिनुपर्दछ। राष्ट्रपतिले विशेष परिस्थितिमा उक्त व्यक्तिलाई यस कानून बमोजिम मृतकसँग विवाह गर्न अनुमति दिन सक्दछन्।