दमक/भोली हुने दमक उद्योग बाणिज्य संघ निर्वाचनलाइ प्रभाव पार्नका लागि गोकुल श्रेष्ठ अध्यक्षको उम्मेदवार रहेको प्यानलले सडक बत्ति लगाएपछि यसले तंरग पैदा गरेको छ । ब्यवसायीहरुलाइ लोभ र लालच देखाउन खोजिएको भन्दै यसले तंरग ल्याएको हो ।
संसदीय तथा स्थानीय चुनावमा जस्तो बाणिज्य संघको चुनावको सम्मुखमा आम्दा अस्पताल नजिक दमक २ स्थित नवसिर्जना टोलमा संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको समूहले १० थान सडक बत्ती लगाएको पाईएको हो । ब्यापारीलाइ सडकबत्तिमा बिक्ने अवस्था छ भन्ने यसले देखाउछ यो राम्रो होइन, ब्यापारीले भनेकाछन् ।
सडकबत्ति जोड्ने, वाइफाइ जोड्नेजस्ता कार्य गरेर लाजमर्दो चुनावी शैलीमा उत्रेको पाइएपछि ब्यापारीहरु समेत लज्जित भएको अवस्था रहेको एक अगुवा ब्यवसायीले बताए । आफ्ना एजेण्डा लिएर मत माग्नु पर्नेमा यस्तो कार्य सुहाउदो होइन र ब्यापारीलाइ समेत प्रभाव र किन्न खोज्नु लाजमर्दो, हो ति ब्यवसायीले भने ।










