निर्वाचनमा पराजय भए पश्चात गोकुल श्रेष्ठ सहितलाइ शुभकामना दिदै लेखे बिमल खतिवडाले यस्तो स्टाटस-

मेरो अनन्य मित्र गोकुल श्रेष्ठ दमक उधोग वाणिज्य को अध्यक्ष मा भारी मत ले विजयी हुनु भएकोमाधेरै धेरै बधाई अनि सफल कार्यकाल को सुभकामना ! तपाईं र म प्रतिस्पर्धामा रहे पनि आखिर हामी साथी हौ तसर्थ जित एकको थियो त्यसमा तपाई पर्नु भयो आन्यथा लिनु जरुरी छैन ,म तपाईंको कार्यकाल सफल पार्न र ब्यबसायीहरुको काममा सधै साथ रहने छु ,निर्वाचन हो पर्तिस्प्रधी हामी भए पनि अब हामी सह यात्री सहकर्मी बन्ने छौ !,जुन उदेश्य तपाईंको छ मेरि नि त्यै हुने छ जो ब्यवसायी को हित मा हुने छ!

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पराजय स्वीकार गर्दै उनले अर्को पनि स्टाटस लेखेकाछन्-

प्रगतिशिल समुह का उमेद्ववारहरु लाइ विजयी गराउन लागी पर्नु हुने तपाइ सम्पुर्ण उधो ब्यबसायी अग्रज ब्याक्तित्व लगायात मतदाताहरु मा धेरै धेरै धन्यवाद !म आफु उम्मेद्बारगी, भै रहदा र आज पराजित हुदा एउटा् कुरा ले घोची रहेको छ,कतै हामी गलत सस्कार को पो बिकास गर्दै छौ कि ,अरु गलत छन भन्दै गर्दा आफु ले नि गल्ती गर्नु हुन्न भन्ने कुरा हामी ले भुल्नु हुन्न यो सामाजिक संजाल को माध्यम बाट कसैलाइ नराम्रो नभनौ, अनि मलाइ कुनै नैरस्यता दुख या पछुतो लागेको छैन काहा लडे भान्दा नि काहा देखी लडे म हेर्दै छु निर्वाचन हारिएको हो जिवन सकिएको होइन ,तसर्थ हार स्विकार गर्दै सम्पुर्ण उधोगि ब्यबसायी अग्रज ब्याक्तित्व लगायात सम्पुर्ण मतदाताहरु मा मेरो अनुरोध छ कि अब केहि दिन सान्त बनौ खोजी गर्नु पर्छ कमजोरी काहा भो आफु मै दोषारोपण होइन तपाइ जो प्रगतिशील समुहको लागी लागी पर्नु भोकैले कही परिणाम अनुकुल नहुदा दुखी हुनुहुन्छ भने मेरो अनुरोध छ जगत लाइ घर् को कुरा नसुनाउ यो अब सुदृढीकरण गर्दै जाउ समजदार त्यो हो जो घर को कुरा घर मै मिलाउछ अनि यो अन्तिम लडाइँ मोर्चा होइन!