काठमाडौं – विमानमा एयर होस्टेसमाथि दुर्व्यवहारको घटना सार्वजनिक भइरहेको हुन्छ । तर अहिलेको घटना चाहिँ अलि जघन्य नै छ ।
थाइ एयर एसियाको उडानमा एक महिला यात्रीले आफूसँगैको सीटमा आफ्नो प्रेमीलाई नराखिएपछि रिसाएको सुरमा एयर होस्टेसलाई तातो पानी र नूडल्स फ्याँकेकी छन् ।
विमान बैंककबाट चीनको नानजिङ गइरहेको थियो ।
प्रेमी प्रेमिकामा मानसिक समस्या रहेको पछि खुल्यो । महिलाले एयर होस्टेसलाई तातो पानी खन्याउँदा पुरुष चाहिँ विमान विस्फोट गरिदिने धम्की दिइरहेको थियो ।
तातो पानीले पोलेर एयर होस्टेस चिच्याएपछि विमान कर्मचारीहरू त्यहाँ पुगे । उनीहरूले उनलाई सम्हालेका थिए ।
घटना भएपछि विमानचालकले विमान बैंककतिरै फर्काएका थिए र आकस्मिक अवतरण गराएका थिए ।
त्यस जोडीलाई अधिकारीहरूले विमानबाट हटाएर पक्राउ गरेका थिए ।
घटनाका कारण पाँच घन्टाको विलम्ब भएको थियो ।
चिनियाँ यात्रुहरूलाई चीनकै सरकारी सञ्चारमाध्यमले बर्बर भनी चित्रण गरे ।
https://videos.dailymail.co.uk/video/bc/rtmp_uds/1418450360/2014/12/15/1418450360_3942769514001_Sequence-13-1.mp4









