दमक/ दमक उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपा निकट ब्यवसायीहरुको प्रगतीशिल समुहको हारपछि हारको बिषयमा नेता तथा कार्यकर्ताहरुले कडा टिप्पणी गरेकाछन् । पार्टी नेतृत्वको बिषयमा आलोचना गर्दै उनिहरुले यसले ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिएकाछन् ।
पार्टीका जिम्मेवार नेता सहित निर्वाचनमासंगै हिडेकाहरुले नै घात गरेका कारण यो परिणाम आएकाले यसको गम्भिर समिक्षा हुने एक नेताले बताए । हार जित स्वभाविक भएपनि यो हारको पछाडि असक्षम लिडरसिप रहेको उनको दाबी रहेको छ ।
अध्यक्षका पराजित उम्मेदवार बिमल खतिवडाले फेसबुकमा आफ्नो धारणा राख्दै घरभित्रको कुरा घरभित्रै गर्नु पर्ने भन्दै उनले पनि आन्तरिक रुपमा यसको समिक्षा गरिनु पर्ने धारणा राखेकाछन् । उनले एकपटकको हारलाइ सधैको हार नसम्झने भन्दै आफु यसबाट बिचलित नभएको सन्देश पनि दिएकाछन् ।
उम्मेदवार छनो प्रक्रिया देखि निर्वाचनको अन्तिम समयसम्म समेत खतिवडाको प्यानल हराउनका लागि प्यानभित्रकै जिम्मेवार ब्याक्तिहरु लागेको र उक्त प्रमाण समेत जुटाएर गम्भिर समिक्षा गरिने कतिपय नेकपाका नेता तथा ब्यवसायीहरुले बताएकाछन् ।
जस्ले हराउन लाग्यो र भूमिका खेल्यो उसैले परिणामपछि यस विषयमा कुरा उठाएको पनि बताइन्छ । आफ्नै हितैसी र हिजो कठिन अवस्थामा सहयोग गरेकाहरुबाट समेत खतिवडा र घिमिरेले सहयोग नपाएको चर्चा पनि बजारमा छ ।










