पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएका छन् । राजधानीकै बसन्तपुरमा तीनजना किशोरीमाथि एसिड प्रहार भएको एक वर्ष बित्न नपाउँदै आइतबार राति बुटवलमा भएको एसिड आक्रमणमा एकजना महिलाको ज्यानगएपछि फेरी तंरग पैदा भएको छ ।

आखिर किन बढ्दैछ त एसिड आक्रमण ? अधिकारकर्मी मीरा ढुंगानाले हाल कनुनमा उल्लेख भएको सजाय कम भएर बताइन् । उनले भनिन्,‘विस्तृत रुपमा छुट्टै कानून आउनुपर्छ । क्षतिपूर्ति वापतको रकम तत्काल दिने व्यवस्थासहित चेतनामूलक काम पनि कसले गर्ने भन्ने उल्लेख हुनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उता कानून मन्त्रालयले गत वर्ष संशोधित कानूनमा एसिड आक्रमणमा संलग्नलाई पहिलेको तुलनामा सजाय तथा पीडितलाई क्षतिपूर्तिको मात्रा बढाइएको र संसदमा पेश भएको अपराध संहिताको विधेयकमा कारबाही थप कडा बनाउन प्रस्ताव गरेको बताएको छ ।

मन्त्रालयले एसिड आक्रमणको संवेदनशीलतालाई ध्यान दिएरै त्यस्तो अपराधमा संलग्नलाई दिइने सजाय र पीडितले पाउने क्षतिपूर्ति गत वर्ष बढाएको मन्त्रालयका सहायक प्रवक्ता हुमबहादुर केसीले बताए । आफूले भनेको कुरामा सहमति नजनाएको भन्दै बर्सेनि महिलाहरुमाथि एसिड प्रहारका घटना बाहिर आउने गरेका छन् ।

एसिड हानेर गरिने आक्रमण अन्य आक्रमणभन्दा जघन्य हुने र त्यसले दिएको घाउले दीर्घकालसम्म पीडितलाई असर गर्ने अधिकारकर्मीहरुको भनाई छ । विद्यमान कानूनी व्यवस्थाले शरीरमा एसिड हानिएका पीडितहरुको उपचारमा ठूलो समस्या देखिएको र क्षतिपूर्तिका लागि पनि अदालतकै फैसला कुर्नुपर्ने बाध्यता रहेको उनीहरुको तर्क छ ।

यसरी एसिड प्रहारका घटना बढेपछि अपराध नियन्त्रण गर्न प्रहरीलाई झनै चुनौती थपिएको छ । आफूले भनेको कुरामा सहमति नजनाएको भन्दै बर्सेनि महिलाहरुमाथि एसिड प्रहारका घटना बाहिर आउने गरेका छन् । एसिड हानेर गरिने आक्रमण अन्य आक्रमणभन्दा जघन्य हुने र त्यसले दिएको घाउले दीर्घकालसम्म पीडितलाई असर गर्ने अधिकारकर्मीहरुको भनाई छ ।

विद्यमान कानूनी व्यवस्थाले शरीरमा एसिड हानिएका पीडितहरुको उपचारमा ठूलो समस्या देखिएको र क्षतिपूर्तिका लागि पनि अदालतकै फैसला कुर्नुपर्ने बाध्यता रहेको उनीहरुको तर्क छ ।