एजेन्सी । शरिरमा कोठीको आफ्नै महत्व रहेको छ । यसले कुन स्थानमा रहेको कोठी कत्ति फलदायी हुने त्यसको संकेत गर्ने ज्योतिषहरु बताउँछन् ।

ज्योतिष शास्त्रका अनुसार यी स्थानमा कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नाकमा कोठीः नाकमा कोठी भएका मानिसहरु आफ्नो करियरमा निकै प्रगति गर्ने गर्दछन् । प्रगति ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

चिउँडोमा कोठीः चिउँडोमा कोठी भएका मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ ।

हत्केलाको कोठीः ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने ।

पिठ्युँमा कोठीः जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ उनका सन्तानले निकै माया गर्ने गर्दछन् ।