दमक/ झापाको दमक ५ स्थित प्रसन्न थेरापी एण्ड आयूर्बेदिक क्लिनिकमा पायल्सको उपचार गर्न आएकी एक महिलाको मृत्यु भएपछि यसमा संलग्न मेडिकल सञ्चालक तथा स्वास्थ्यकर्मीलाइ प्रहरीले नियण्त्रणमा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिवार उपचारको क्रममा मृत्यु हुनेमा दमक ९ की १७ बर्षीया शुष्मादेबी चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

चौधरी हिजो दिउँसो पायल्सको उपचारका लागि सो क्लिनिकमा गएकी थिईन् ।

उपचारका लागि चिकित्सकले एउटा इन्जेक्सन लगाई दिएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको र थप उपचारका लागि लाईफलाईन अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताईएको छ ।