https://www.youtube.com/watch?v=0ZydK8sKjHk&feature=youtu.be&fbclid=IwAR1FrIP8H3LQKmZvwLhFsqRAaR-OjWdM1Xl0YD4FMap-UXTYFlpWEhC4vPc

विष्णुप्रसाद पोखरेल

दमक/ हल्दीबारी गाँउपालिकाका उपाध्यक्ष एवं गाँउ शिक्षा समितिका संयोजक डम्बर गिरीले स्थानीय सरकारको अधिकारको बिषयमा बाहिरी हस्तक्षेप अस्वीकार्य हुने बताएकाछन् । उनले आफुहरुले स्थानीय सरकारलाइ संबिधानले एकल अधिकार प्रयोग गरेर गरिएको निर्णयको पक्षमा अडिग रहेको जनाउदै बाहिरी हस्तक्षेप शुरु हुनु दूर्भाग्य भएको बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एउटा कक्षाकोठामा २ जना पढाएर बस्न दिने की अन्य धेरै विद्यार्थी भएको ठाँउमा गएर योगदान गर्ने ? यसको जवाफ दिन उनले आग्रह गरे । यसलाइ सरुवाको रुपमा नबुझ्न र गाँउपालिका भित्र आवश्यकता अनुसार कामकाजमा पठाइएको उनको भनाइ रहेको छ ।

शिक्षकको नाममा बाहिर बसेर राजनीति गर्ने र आफुहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य नगर्न शिक्षक संघसंगठनका नेताहरुलाइ उनले आग्रह पनि गरेकाछन् । यहाँ शिक्षक र शिक्षकका संघसंगठनहरुले आपत्ती जनाएको अवस्था छैन तर बाहिर अरुलाइ यसमा टाउको दुखाइ रहेको पाएको छ, गिरीले भने ।

उनले यो कार्यले निरन्तरता पाउने र निर्णय कुनै पनि हालतमा फिर्ता नहुने अडान राखेकाछन् । हल्दीबारीको शिक्षा सुधार्न गरिएको अभियान रोकिदैन र यो कार्यको विरोध नगर्न पनि उहाँको आग्रह छ । स्थानीय सरकारलाइ असफल बनाउने की सफल बनाउने ? भन्दै उनले परिवर्तन चाहाने शक्तिले यसको विरोध नगरेको पनि गिरीले जनाए ।

गाँउपालिकाले १३ जना शिक्षकको अन्तर विद्यालय सरुवा अर्थात कामकाजमा पठाउने निर्णय गरेको थियो । यो निर्णयले पुर्वमा नै तरंग ल्याएको छ । यो सफल भएको अवस्थामा अन्य स्थानीय तहले पनि यो प्रयोग गर्न सक्न भय रहेकाले यसको विरोध भएको बताइन्छ ।

https://www.youtube.com/watch?v=0ZydK8sKjHk&feature=youtu.be&fbclid=IwAR1FrIP8H3LQKmZvwLhFsqRAaR-OjWdM1Xl0YD4FMap-UXTYFlpWEhC4vPc