काठमाडौं – साइबेरियाको नोभोसिबिर्स्कमा गाडी चलाइरहेकी आन्ना नाकाज्नीखलाई दुईपटक चट्याङ परेको छ ।

टोयोटा एसयूभीमा चट्याङ परेको भिडियो अर्का गाडीचालक गालिना एर्शोभाले खिचेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले केही समय त केही पनि देखिनँ अनि बेस्सरी स्टीयरिङ ह्वील समातें,’ एर्शोभाले चट्याङ देखेपछि भनिन् ।

स्लो मोसन भिडियोमा दुईपटक चट्याङ परेको देखिन्छ ।

चट्याङ परेपछि गाडी अडिएको थियो तर त्यसमा रहेका कसैलाई पनि केही भएन ।

‘मानिसहरू डराएका थिए, त्यत्ति हो,’ एर्शोभाले भनिन् । उनले आफ्नो गाडी रोकिनन् ।

नाकाज्नीखले आफूलाई कुनै चोट नलागेको पुष्टि गर्दै कसैले पनि आफूलाई सहायता गर्न नआएको बताइन् ।

पछि एउटा उद्धार ट्रकलाई बोलाएर कार लग्न भनेको उनले बताइन् । कारलाई मर्मत गरिरहेको उनले जानकारी दिइन् ।

चट्याङ पर्दा कारभित्र बस्नु निकै सुरक्षित हुन्छ तर यात्रीहरूले कारको धातुलाई चाहिँ छुनु हुँदैन ।

कार पूर्ण रूपमा बन्द भएमा अनि त्यसको शीशा पनि नखोसलएमा चट्याङको बिजुली भुइँमा पुग्छ र भित्र बसेका मानिस सुरक्षित हुन्छन् ।

https://video.dailymail.co.uk/preview/mol/2019/09/16/6584917551037200454/636x382_MP4_6584917551037200454.mp4