दमक/नगर बजार अनुगमन समितिले दमकमा प्रतिबन्धित प्लाष्टिक जफत गर्न शुरु गरेको छ ।

विहिबार अनुगमनको क्रममा प्लाष्टिक जफत गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिभिन्न पसलहरुबाट प्लाष्टिक जफत गरिएको अनुगमन समितिका संयोजक भीम पौड्यालले बताएकाछन् ।

उनले प्रतिबन्धित प्लाष्टिक प्रयोग नगर्न पनि आग्रह गरेकाछन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरतबहादुर पुरी, नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज निरौला, ईलाका प्रशासन कार्यालय दमकका टंक दुलाल लगायतले बजार अनुगमन गरेका थिए ।

शब्जि बजारमा पुर्वे स्टोर लगायतका पसलहरुमा म्याद गुज्रेका सामाग्रिहरु भेटिएपछि अनुगमन समितिले त्यसलाइ नष्ट पनि गरेको थियो ।