दमक/ झापाको दमकमा उपभोग्य मिति समाप्त भएका र समाप्त हुन केहि दिन बाँकी रहेका बियर बजारमा फेला परेकाछन् ।
अन्य बिभिन्न प्रकारका चिसो पेय पदार्थहरु समेत उपभोग्य मिति समाप्त भएका भेटिएकाहुन् ।
दमक नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा यस्तो पाईएको र त्यस्ता सामाग्रि नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक भीम पौड्यालले बताएकाछन् ।
ब्यापारीले भर्खरै ल्याएको जनाएको बियर तथा अन्य पेय पदार्थहरु उपभोग्य मिति समाप्त भएका भेटिएपछि ब्यापारीहरुले त्यसलाइ फिर्ता गर्ने बताएका थिए । बजार अनुगमन समितिले भने नष्ट गर्ने र त्यसको विवरण उपलब्ध गराउने बताएका थियो ।











