विष्णुप्रसाद पोखरेल
दमक/ संबिधानले दिएको अधिकार र स्थानीय सरकारले बनाएको कार्यविधिलाइ टेकेर अन्तर विद्यालय शिक्षकलाइ कामकाजमा खटाएको हल्दीबारी गाँउपालिकाले शिक्षा विकास तथा समन्वय इकाइ झापाको पत्रलाइ खोष्टोमा परिणत गराइदिएको छ । आफ्नो निर्णयलाइ कार्यन्वयन गराउदै उसले पठाएको पत्रको वेवास्था गरेको हो ।
गाँउपालिका भित्र नै अन्तर विद्यालय सरुवा गरेपछि यसलाइ फिर्ता लिनका लागि बाहिरी दबाब आएको भएपनि आफुहरु यसबाट पछि नहट्ने गाँउपालिका उपाध्यक्ष एवं गाँउ शिक्षा समितिका अध्यक्ष डम्बर गिरीले बताएका थिए ।
संविधानको मर्म अनुरुप गाँउपालिकाको शिक्षा नियमावली, २०७५ को नियम ५७ मा उल्लेखित मापदण्ड एवं मौजुदा अवस्था समेत विश्लेषण गरी सरुवा गरीएको र आफ्नो अधिकार नाघेर इकाइले लेखेको पत्रको कुनै औचित्य नभएको गिरीले जनाए ।
स्थानीय सरकारले गरेको निर्णयमाथि धावा बोल्ने इकाइलाइ कार्वाही गर्नुपर्छ, यो हाम्रो स्पष्ट माग हो, उनले भने । गाँउपालिकाको निर्णय कार्यन्वयन नगर्नका लागि इकाइका प्रमुख जयप्रसाद महतले विद्यालयलाइ चिठी लेखेका थिए ।

कतिपय ठाँउमा एउटै बिषयका शिक्षक दुइजनासम्म रहेकाले अन्यत्र नरहेको ठाँउमा पुर्ती गरिएको, अत्यन्त धोरै विद्यार्थी रहेको विद्यालयमा धेरै शिक्षक रहेकाले अर्को विद्यार्थी धेरै भएको तर शिक्षक धोरै भएको विद्यालयमा आवश्यकताका आधारमा कामकाजमा खटाईएको गाँउपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।
इकाइको असंबैधानिक पत्र र हस्तक्षेपकारी भूमिका खेल्न खोजेको बिषय सामान्य रुपमा नलिइएको उनले जनाए । संबैधानिक अधिकार र स्थानीय सरकारको मर्म बिपरीतको कामलाइ हल्दीबरीले गलत सावित गराएर निर्णय कार्यन्वयन गराएको उनको भनाइ छ ।
अन्तर विद्यालय कामकाजमा खटाउनु निर्णयबाट शिक्षकको तलव, सञ्चयकोष, विमा लगायका कुनै पनि सुविधामा केहि असर नपर्ने ब्यवस्था हुने भन्दै यसमा ढुक्क हुन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।










