दमक/ प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ का संघीय साँसद केपी शर्मा ओली आँउदो असोज १६ गते दमक आउने भएकाछन् ।

लामो समयदेखि चर्चामा रहेको र नेपालमा नै अहिलेसम्मकै ठुलो लगानीमा बन्न लागेको औधोगिक पार्कको शिलन्यास गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लगानी बोर्डले नेपाल–चीन मैत्रीपूर्ण औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी स्वीकृत गरिसकेको छ ।

पार्कमा ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहनेछ ।

ओलीले सोहि दिन झापाको दमक र मोरगको मधुमल्ला जोड्ने पुलको समेत उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्री ओलीको नीजि सचिवालय श्रोतका अनुसार झापा आउने कार्यक्रम तय भएको हो ।