दमक/ नयाँ शक्ति पाटीए नेपाल झापा जिल्ला समितिमा भाँडभैलो भएको छ । उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष र सचिवलाइ नै कार्वाही गरेको छ ।
त्यसलाइ सदर गर्दै प्रदेश कमिटीले समेत स्वीकृत गरेको समेत पाईएको छ ।
सोमबार नै निष्कासन गरेर उपाध्यक्षलाइ अध्यक्षको जिम्मेवारी प्रदान गरेको समेत पाईएको छ ।
अध्यक्ष बिरबहादुर श्रेष्ठ र सचिव पुष्प पौड्याललाइ साधरण सदस्य समेत नरहने गरी कार्वाही गरिएको उल्लेख गरिएको छ ।
त्यस लगत्तै उदय गुरुङलाइ कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएको प्रदेश नं. १ संयोजक प्रभुराम श्रेष्ठले जनाएकाछन् ।
उनले जिम्मेवारमुक्त गरिएको र जिम्मेवारी प्रदान गरिएको दुबै पत्र एकैदिन हस्ताक्षर गरेकाछन् ।











