विष्णुप्रसाद पोखरेल
दमक/ झापा दमककी किशोरी प्रेनुसा पाण्डेले एक अन्तराष्ट्रिय अवसर प्राप्त गरेकीछन् ।
बहुप्रतिभाशाली पाण्डे केहि दिनयता चर्चामा रहेकी थिइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ गरेको प्रश्न निक्कै चर्चित बन्यो ।
झापा मोडल अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत प्रेनुसाले विश्वव्यापी आवधिक समिक्षाका लागि बालबालिकाहरुको नेतृत्व तयारी सम्बन्धमा नेपाल सरकार र कन्सोर्टियम नेपालले आयोजना गरेको प्रतियोगितामा बिजय बन्दै उनले अन्तराष्ट्रिय अवसर प्राप्त गरेकीहुन् ।
पाण्डे दक्षिण एशियामा बालबालिकाहरु बिरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानमा नेपालको तर्फबाट छनौट भएकीहुन् ।
सार्क स्तरीय South Asia Initative to End Violence Against Children (SAIEVAC) को दुइ बर्षको कार्यकालका लागि उनि छनौटमा परेकीहुन् ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले यो दमकका लागि अवसर भएको भन्दै पाण्डेलाइ फेसबुक मार्फत बधाइ दिएकीछन् ।
पाण्डे दमकको बाल सञ्जालको सदस्य रहेको र यो दमकका लागि गौरवको बिषय भएको उपप्रमुख अधिकारीले जनाएकीछन् ।











