दमक/ झापाको दमकमा आयुर्वेद क्लिनिकहरुले मापदण्ड पालना नगरेको र ठगीधन्दा चलाइरहेको रहस्य खुलेको छ । क्लिनिकमा प्रयोग गर्न नपाउने उपाचार गरेर मोटो रकम असुली गर्दै आएको पाईन्छ ।

अनिवार्य रुपमा नियमित चिकित्सको ब्यवस्था हुन्ुपर्नेमा त्यो नभएको, पायल्स लगायतको उपचार गर्दा क्षर सुत्र विधि प्रयोग गर्ने अनुमति नभएपनि गर्ने गरेको यसमा पनि महगो पैसा असुल्ने गरेको जस्ता कृयाकलापले ठगी धन्दा भइरहेको रहस्य खुलेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले बुधबार अनुगमन गर्दा कुनै पनि क्लिनिकहरुमा विशेषज्ञ अर्थात डाक्टर नभेटिएको पाईएको भेटिएको छ । केन्द्रका प्रमुख डा.रविन्द्र निरौलाका अनुसार क्लिनिमा अनिवार्य विशेषज्ञ बस्नु पर्ने हुन्छ ।

आधारभूत मापदण्ड पुरा गर्नैपर्ने भएकाले आफुहरुले विशेषज्ञ नियमित राख्न र आवश्यक तोकिएको निर्देशन पालना गर्न आफुहरुले सचेत गराएको समेत न्यौपानले जनाएकाछन् । अनुगमन टोलीले दमक नगरपालिकाका शाखा अधिकृत यज्ञ निरौला, स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्याल, इलाका प्रशासन कार्यालयकी धनमाया भट्ट्राइ लगायत अनुगमनमा सहभागि रहेका थिए ।

भिडियो पनि हेर्नुहोस :

https://youtu.be/XunUbUQXUQs