काठमाडौं। मोडलको रुपमा चर्चित भएपछि वेश्यावृत्ति गर्न थालेकी एक २३ वर्षकी आमा लुइस पोर्टोनले आफ्ना २ सन्तानलाई केवल यत्ति कारण मारिदिइन्, किनकि उनलाई आफ्ना ग्राककहाँ जानु थियो । यी निर्दयी आमालाई आजीवन कारावासको सजाय सुनाइएको छ । ती मोडलले अदालतमा आफ्नो अपराध स्वीकार्दै आफ्नो यौनको भोक र व्यापारमा दुई सन्तान बाधा बनेकोले तीन वर्ष र १६ महिनाका दुई छोरीलाई मारिदिएको बताएकी छिन् ।

घटना बेलायतको डर्बिशायरको हो । लुइसलाई आजीवन कारावासको रुपमा ३२ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई अहिले डर्बीशायरको फस्टन हल नकीको लकअपमा राखिएको छ । लुइसलाई यौनको यति लत लाग्यो कि जब उनको एक बच्चा अस्पतालमा मृत्युसँग लड्दै थियो त्यतिबेला पनि उनले आफ्ना एक ग्राहकलाई सहवासको अफर गरेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यायाधीशले सजाय सुनाउँदै भने ‘जुन कारणले एक आमाले आफ्ना दुई सन्तानको हत्या गरिन् त्यो एक खराब आत्माको निशानी हो ।’ लुइसका काकाका छोराका अनुसार लुइस कहिल्यै सामान्य बालिका थिइनन् । लुइसकी हजुरआमाको अन्तिम संस्कारपछि उनलाई परिवारबाटै बाहेक गरिएको थियो । लुइसले आफ्नी हजुरआमाको अन्तिम संस्कारमा पनि जान अस्वीकार गरेकी थिइन् ।