झापाको दमकमा छोटो समयमा नै आफ्नो पृथक पहिचान बनाएको दमक रनले आर्थिक रुपमा मजबूद बन्नका लागि साँगितिक कार्यक्रम गर्ने भएको छ । २ बर्षको अवघिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएको दमक रनले नयाँ बर्षको अवसरमा बैशाख महिनाभित्र नै दूइवटा नयाँ महत्वपूर्ण काम गर्ने सार्वजनिक गरेको छ ।

नयाँ बर्षको अवसरमा गीतकार बुद्धबिर लामाको छैठौ एकल सांगीतिक साँझको आयोजना र गतबर्षको निरन्तरता स्वरुण मिडिया दौड प्रतियोगिता गर्ने सार्वजनिक गरेको हो । दमक रनका सचिब सुधिर प्रदानका अनुसार बैशाख १५ मा हुने साँगितिक साँझको तयारी शुरु भएको छ । जहाँ गायिकाहरु कुन्ती मोक्तान, सत्यकला राई, पार्वती राई, भुबन सतीहाङ राई, चन्द्र कुमार दोङ लागायतको पनि सहभागिता रहनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रत्येक शनिबार नियमित रुपमा स्वास्थ्यका लागि दौड कार्यक्रम सञ्चालन गरेर सयौ रनहरु उत्पादन गरिरहेको दमक रनले  सञ्चारकर्मीहरुसंगको समधुर सम्बन्धलाइ प्रगाढ बनाउनका लागि ७२ हप्तामा प्रवेस गरेको अवसर पारेर पत्रकारहरुलाइ ५ किलोमिटरको मिडिया दौड समेत गर्ने जनाईएको छ । उक्त कार्यक्रम बैशाख २३ गते हुनेछ । साँगितिक साँझका संयोजक कृष्णराज दाहालका अनुसार मनोरञ्जन तथा सागितिक साँझको माध्यमबाट दमक रनलाइ केहि आर्थिक श्रोत जुटाउने लक्ष्य रहेको छ । दमक रन अहिलेसम्म स्वयंसेवी भावानाबाट आएको सहयोग र यसका सदस्यहरुले उठाएको रकमले चलिरहेकाले कोष बनाउने आफूहरुको उदेश्य रहेको उनले बताए ।