दमक/नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक झापाको दमकमा नेपालीहरुको महान चाड पर्वहरुको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राख्नु हुने भएको छ । यसभन्दा अघि यो कार्यक्रम बिर्तामोड हुँदै आएको थियो ।
हरेक बर्ष आयोजना हुने कार्यक्रम यो बर्ष दमकमा हुन लागेको नेकपा झापा अध्यक्ष चीन्तन पाठकले बताए । यसको तयारी शुरु भएको समेत उनले जानकारी दिएकाछन् ।
असोज १६ गते बिहिवार ओली दमक आउने कार्यक्रम तय भएको छ । उनि औधोगिक पार्कको शिलन्यास, मावा खोलाका उद्घाटन लगायतका कार्यक्रममा सहभागि हुन दमक आँउदैछन् ।
बालुवाटारमा नेकपा झापाका नेता कार्यकर्ता भेटघाटका क्रममा प्रधानमन्त्री ओलिले यो इच्छा प्रकट गरेको बताईएको छ । अध्यक्ष पाठकका अनुसार मदन भण्डारी रंगशाला ,जिल्लामा फलफूल उत्पादन, जुस उद्योग र वनको विकास, जिल्लाको विभिन्न ठाउका अव्यवस्थित जग्गाहरुको लालपुर्जा वितरण, खोलाहरुको तटबन्धन लगायतका बिषयमा छलफल भएको थियो ।
उक्त छलफलमा पार्टीका प्रदेश नम्बर एकका अध्यक्ष देवराज घिमिरे, झापा सहइन्चार्ज देवेन्द्र दाहाल, जिल्ला अध्यक्ष चिन्तन पाठक, प्रदेश कमिटी सदस्य गगन पुरी लगायतको सहभागिता रहेको थियो ।











