विष्णुप्रसाद पोखरेल दमक ।  दमकमा जिल्ला अस्पातको रुपमा ४ बर्ष अघि देखि नै स्वीकृत भएर सञ्चालनमा आएको दमक अस्पातलले मंगलवारदेखि शल्यक्रिया सेवा शुरु गरेको छ । यसभन्दा अगाडि अपरेसन थिएटर (ओटि) नहुँदा यहाँ आएका सामान्य चिरफार गर्नु पर्ने विरामीहरुलाइ समेत दमक अस्पातलले नजिक रहेका अन्य निजी अस्पतालमा पठाउने गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिकाको ब्यवस्थापनमा एक बर्षअघि देखि अस्पताल सञ्चालनमा रहेको छ । जिल्ला अस्पतालहरु प्रदेश सरकार मातहत रहने भनिएता पनि यो दमक अस्पताल भने अहिलेसम्म स्थानीय सरकारको रुपमा रहेको दमक नगरपालिकाको मातहतमा रहेको बताईएको छ । आफुहरुले ब्यवस्थापन जिम्मा लिएपछि निरन्तर पहल गर्दा बल्ल यो अवस्थामा पुगेको अस्पताल ब्यवस्थापन समिति अध्यक्ष एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भयो । उहाँका अनुसार मंगलवार एक महिलाले यहि अस्पातलमा अप्रेसन गरेर बच्चा पाएकीछन् ।

अस्पतालको सेवा विस्तारको क्रममा ४ बर्षपछि भएपनि यो सेवा शुरु भएको जनाउदै उहाँले अब यहाँ सुरक्षित सुत्करी गराउने मुख्य केन्द्रको रुपमा विकास गरिने पनि बताउनु भयो । हामी निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्छौ, उहाँले भन्नुभयो । कसैले बिरामले च्याप्यो भनेर फोन गरेपछि त्यहाँ निशुल्क तत्काल एम्बुलेन्स पुग्ने छ, उहाँले भन्नुभयो । दमक नगरपालिकाले आवश्यक जनशक्ति समेत ब्यवस्थापन गर्दै आएको छ ।

सरकारी अस्पातलमा साधरण चिरफार बाहेक केहि नभएको भन्दै आलोचना समेत हुँदै आएको थियो । यो अस्पतालमा नेपाल सरकारले स्वास्थ्य बिमा लागु गरेपछि जिल्लाको प्रथम विन्दुको अस्पातल मध्येको एक हो । स्वास्थ्य बिमा गराएका विरामीहरुले पहिला यहाँ आाएपछिमात्र अन्यत्र जानु पर्ने अवस्था रहे जान पाउने गर्छन् । उप स्वास्थ्य चौकीको रुपमा रहेको अवस्थामा सिधै अस्पताल भएपछि अस्पतालको रुपमा सेवा दिन कठिनाइ भएको बताइदै आएको थियो ।

दमक नगरपालिकाका साथै, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र कमल गाँउपालिकाका स्वास्थ्य बिमा गराएका विरामीहरु प्रथम विन्दु अस्पतालको रुपमा दमक अस्पताल आउने गरेकाले अधिक चाप रहेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सुरक्षा बास्कोटाले बताउनु भयो । हामीलाइ विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खाजा खाने समयसमेत निकाल्न म्ुश्किल पर्छ, बास्कोटाले भन्नुभयो ।

दमक अस्पतालका सूचना अधिकारी नगेन्द्र भण्डारीका अनुसार दैनिक ३ देखि ४ सय विरामी यहाँ उपचारका लागि आउने गरेकाछन् । ल्याव लगायतका उपकरणहरु नयाँ भएको र यहाँ आएपछि सेवा राम्रो पाइन्छ भन्ने विरामीहरुलाइ पार्नका लागि पनि आफुहरु लागि परेको उहाँको भनाइ छ । अपरेसन थिएटर ढिला शुरु भएपनि यहाँ उपकरणहरु आधुनिक र गुणस्तरीय रहेको उहाँको दाबी छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार ६ महिना अघि नै अस्पतालमा सुरक्षित प्रसुती सेवाका लागि ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याईएपनि अप्रेसन थिएटर नभएका कारण समस्या हुँदै आएको थियो । अप्रेसन थिएटर नभएका कारण नै हामीले विरामीहरु भर्ना गर्ने अवस्था थिएन र अब त्यस्तो अवस्थाबाट हामी मुक्त भएका छौ, अर्यालले भन्नुभयो । नगर अस्पतालको रुपमा लिँदा मात्र पनि यसले कम्तिमा पनि ८५ हजार नागरिकलाइ स्वास्थ्य सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ ।

नगरपालिकाले धानेको अस्पताल

मेडिकल सुपरिटेण्डेन्ट सहित ३ जना सरकारी चिकित्सकको दरबन्दि रहेको अस्पातलमा केहि समययता दरबँिन्दका डाक्टरहरु भने अस्पतालमा रहनु भएको छैन । बारम्बारको पहलले सरकारको छात्रवृतीबाट पढेर आउनु भएकी डा. सुरक्षा बास्कोटा ( एमडि जिपी )ले नै निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । अस्पतालमा अहिले १० जना चिकित्सकहरु कार्यरत रहेकाछन् ।

यसमा दुइजना दाँतका डाक्टरहरु (विडिएस)रहनु भएको छ । यसमा ५ जना नगरपालिकाले र बाँकी ५ जना करारमा सरकारले नै करारमा पठाएका डाक्टरहरु रहेको समेत जनाईएको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालका अनुसार अहिले स्वास्थ्यकर्मी सहित ७० जना अस्पातलमा कार्यरतछन् । यसमा २९ जना बाहेक सबै नगरपालिकाले नै स्वास्थ्यकर्मी तथा कर्मचारी ब्यवस्थापन गरेको हो ।