विष्णुप्रसाद पोखरेल

दमक/ प्रधानमन्त्री केपी शर्मा ओली आँउदो १६ गते आउने भनिएको कार्यक्रम ४ दिनपछि सरेको छ । प्रतिकुल मौसम भनिएपनि बिभिन्न कार्यब्यस्तताका कारण ओली यो समयमा झापा आउन सक्ने अवस्था नरहेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीको सचिवालय श्रोतका अनुसार अहिलेसम्मको अवस्थामा यहि असोज २० गतेलाइ दमकको कार्यक्रम तय भएको छ । १६ गतेका लागि यहाँ सबै कामको तयारी सकिएको थियो ।

मुख्यगरी कमल गाँउपालिकामा औधोगिक पार्क शिलन्यासका लागि ओली झापा आउन लागेकाहुन् । योसंगै उनले शिलन्यास गरेको मधुमल्ला जोड्ने मावा खोलाको पुल पनि उनले उद्घाटन गर्ने कर्यक्रम रहेको छ ।

यता दशैको शुभकामनालाइ पनि यहि अवसरमा जोडिने नेकपाका स्थानीय नेताहरुले बताएकाछन् । गृह नगर दमकमा ओलीको स्वागतका लागि कार्यकर्ताहरुले भब्य तयारी गरेका थिए ।

तस्विर-विष्णुप्रसाद पोखरेल