दमक/ नेपाल टेलिकमले झापाको दमकमा बुधबारदेखि फोरजी सेवा शुरु गर्दैछ । यो सेवा ै बिर्तामोडमा पनि शुरु हुनेछ । देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने तयारी अनुसार दमक पनि परेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार परीक्षण सफल भएकाले कुनै ठुलो प्राविधिक समस्या नआएमा बुधबारदेखि यो सेवा शुरु हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीमा पनि फोरजी सेवा शुरु हुनेछ । फोरजीको परीक्षण सञ्चालन गर्दा अधिकतम २४५ एमबीसम्मको गतिमा इन्टरनेट चल्ने पनि बताईन्छ ।