दमक/झापाका प्रमुख बसपार्कहरुमा यात्रु साहयता कक्ष बनाईएको छ । चाडपर्व लक्षित गरेर यात्रु साहयता कक्ष शुरु गरिएको हो । सडक सभ्यता हाम्रो चाहाना, सुरक्षित यात्राको सबैमा शुभकामन नारा सहित सचेतना कार्यक्रमको समेत उयद्घाटन गरिएको छ ।

बिर्तामोड बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको समन्वयंमा एक कार्यक्रमबीच  झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले क्षको उद्घाटन गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, जिल्ला ट्राफिक प्रमुख होमप्रसाद अधिकारी लगायतले साहयताकक्षले अब यात्रुहरुलाइ अप्ठेरो हुन नदिने र यात्रारत अवस्थालाइ सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

झापाकै दमक, काकडभिट्टा र भद्रपुरमा पनि यात्रु सहायता कक्ष आइतवारदेखि नै शुरु भएकाछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीका अनुसार जिल्लाका सबै प्रमुख बसपार्कमा यात्रु साहयता कक्ष सञ्चालनमा आएकाछन् । यात्रुहरुले ठगिएको अवस्थामा सोझै यहाँ आएर गुनासो गर्न सक्नेछन् ।