विष्णुप्रसाद पोखरेल
दमक/उद्योग बाणिज्य संघमा कार्यकारी भूमिका अर्थात अध्यक्षमा आजबाट गोकुल श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हाल्दैछन् । अघिल्लो पटक नै संघको अध्यक्ष बनेर कुर्सिमा दाउमा रहेपनि असफल बनेका उनि यो पटक सफल बने ।
उनका लागि बाणिज्य संघको भवन नौलो होइन । उनि यसभन्दा अघि प्रथम उपाध्यक्षको भुमिका निर्वाह गरिसकेकाछन् । तर अहिले उनि निर्णायक तह अर्थात प्रमुख कार्यकारीको हैसियतमा त्यहाँ काम सम्हाल्न पुग्दैछन् ।
नेकपाको गढमा नेकपाका उम्मेदवारलाइ हराउदै उनि हिरो बनेर अध्यक्षको कुर्सिमा बस्दैछन् । अब उनको परिक्षा यहिबाट शुरु हुँदैछ । हिजो निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु पुरा गर्नु पर्ने दायित्व उनि सहितको टिमलाइ रहेको छ ।
हिजो उनि रहदा र आज त्यहाँ पुग्दा भौतिक संरचनाको परिवर्तनदेखि लिएर अन्य थुप्रै परिवर्तन भएको बताइदै आएको छ । यसलाइ सम्हाल्दै ब्यवसायीहरुमाझ गरिएका प्रतिबद्धता पुरा गर्नु पर्नेछ ।
आफुलाई कमजोर आँकलन गरिएको प्रति उनले एउटा चुनावीसभामा उनले आफुलाइ राम्रोसंग बोल्न नआउने भएपनि परि आएको खण्डमा खुट्टा दरो टेक्न आउछ भन्दै भाषण गरेका थिए । जुन भाषण निक्कै चर्चामा रह्यो ।
उनको बाणिज्य सघमा इन्ट्रि हुनु अगावै अध्यक्षको कार्यकक्षमा अर्को एउटा कुर्सि र टेवल थपिएको छ । यो के का लागि र किन हो ? हो खुलेको छैन ।











