दमक/ झापाको गौरादह नगरपालिकाको कार्यालय तोडफोड भएको छ । अहिले केहिबेर अघि नगरपालिकाको कार्यालय तोडफोड भएको हो । समयमै भुक्तानी नदिएकोे तनाव खेप्न नसकेर गौरादह ८ का धनविर राजवंशीको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले हिजोदेखि नै नगरपालिकामा शव राखेर प्रर्दशन गर्दै आएकाछन् । रातभर शव नगरपालिकामा नै रहेको थियो ।
यो घटनामा मुख्य दोषी इन्जिनियर सचिन क्षेत्री रहेको पीडितको आरोप रहेको छ । उनलाइ पक्राउ गरी कार्वाही गरिनु पर्ने मुख्य माग पीडित पक्षको रहेको जनाईएको छ ।
अघि ११ बजेतिरको समयमा भिडले नगरपालिका कार्यालयमा तोडफोड मच्चाएपछि यहाँ कडा सुरक्षा ब्यवस्था मिलाईएको पाईएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी श्यामल सुब्बा आफै घटनास्थलमा रहेकाछन् ।










