दमक/ नेपाल टेलिकमको महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा आजबाट विस्तार हुँदैछ । आज झापाको दमक सहित बिर्तामोडमा पनि यो सेवा शुरु हुनेछ ।
काठमण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको शुभारम्भ गर्नेछन् । विस्तारको कामले बुधबार ठोस नतिजा हासिल गर्दै छ । प्रबेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्नेछ ।










