विष्णुप्रसाद पोखरेल

दमक/प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना आदानप्रदान तथा चियापान समारोहको नयाँ इतिहास बनाउदैछन् । त्यो नयाँ इतिहास बिर्तामोडमा गरिदै आएको कार्यक्रम पहिलो पटक दमकमा हुन लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाका पुराना नेता एवं दमक वडा नं. १० का अध्यक्ष बोधराज न्यौपानेका अनुसार दमकमा कार्यक्रम राख्नका लागि बारम्बार प्रयास भएपनि कहिल्यै पनि यो सम्भव भएको थिएन । यो पटक ओलीको चासोमा नै दमकमा पहिलो पटक आउदो २० गते चियापान समारोह हुँदैछ ।

२०५२ सालदेखि ओलीले जिल्लामा यस प्रकारको शुभकामना तथा चियापान कार्यक्रम राख्दै आएको बताइन्छ । २५ बर्षपछि दमकले यो अवसर पाउन लागेको पनि न्यौपानले जनाए ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले ओली प्रधानमन्त्री र यस क्षेत्रको साँसद समेत रहेकाले यो कार्यक्रमलाइ अवसरको रुपमा लिएर सबै नगरबासीलाइ उपस्थितिको लागि आग्रह गरेकीछन् ।

उनले प्रधानमन्त्रीको हैसियतमा दमकमा शुभकामना तथा चियापान हुन लागेको जनाइन् । यो कार्यक्रम विहिबार नै तय भएपनि अन्तिम समयमा स्थगित भएर २० गतेलाइ सरेको हो ।