निरु ढुंगाना सानैदेखि आकाशमा उड्न चाहान्थिन्। त्यसका लागि उनलाई पाइलट नै बन्नु थियो।

उनका शिक्षक बुवाले पनि निरुको चाहाना पछ्याउन भरपुर साथ दिए।उनी पाइलट पढ्नका लागि अमेरिकाको टेक्सास स्थित डेल्टा कलेज पुगिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किए लगत्तै २०६८ सालमा नेपाली सेनामा भर्ति भइन्। त्यसयता निरुले नेपाली सेनाको स्काई ट्रक उडाउदै आएकी छन्। उनी सेनाकी मेजर(सेनानी) हुन्।

‘मेरो परिवारमा नेपाली सेनामा कोही पनि हुनुहुन्थेन। हाम्रो परिवारबाट सेनामा जाने म नै पहिलो व्यक्ति हो’, निरुले सेतोपाटीसँग भनिन्।

झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेनामा ५ हजार महिला छन्। सेनासँग अहिले ४३ पाइलट छन्। तर निरु सेनाकी पहिलो र एक मात्र महिला पाइलट हुन्।

‘नेपाली सेनाले महिला अफिसरहरु २०६२ साल देखि नै लिन सुरु गरेको हो। निजी र सरकारी क्षेत्रका एयरलाइन्सहरुमा पनि पहिला देखि नै महिला पाइलट छन्’, निरुले भनिन्, ‘तर नेपाली सेनामा भने मैले पहिलो पाइलट बन्ने मौका पाएँ।’

निरु सेनाको स्काइ ट्रक लिएर त्रिभुवन विमानस्थलबाट देशभरका विमानस्थल पुग्छिन्।

नेपालको डाडाकाँडा, नेभिगेसन सिस्टमको अभाव र बदली भैरहने मौसम भने जहाज उडाउन चुनौतीपूर्ण छ।

‘तराई क्षेत्रमा जहाज उडाउन तुलनात्मक रुपमा सहज छ’, निरु भन्छिन्। त्यसो त उनका श्रीमान् सरोज थापा पनि सेनामै छन्। सरोज हेलिकप्टरका उडान इन्जिनियर हुन्।

निरुलाई आकाशमा उड्न परिवारको साथ छ।

‘एउटै अफिसमा छौँ, त्यसैले कुरा पनि मिल्छ। अरु भएको भए बुझ्न र बुझाउन गाह्रो हुन सक्थ्यो’, ‘निरुले भनिन् ‘ मैले केहि भन्नसाथ उहाँले बुझ्नुहुन्छ। त्यसैले हरेक दिन सहज भइरहेको छ।’

चुनौति लिन चाहने र ग्ल्यामर्स पेशा रोज्न चाहानेहरुलाई पाइलट र सेनामा आउन उनको आग्रह

हेर्नुहोस भिडियो :