दमक / प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सोमबार (असोज २० गते) दमक आउने भएपछि यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको छ । केहि दिनयता नेकपाका नेताहरुदेखि लिएर सुरक्षाकर्मीहरुले छलफल गर्दै आएकाछन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार सुरक्षा ब्यवस्था मजबुद बनाईएको छ । चाडपर्व लक्षित गरेर र प्रधानमन्त्रीको आगमनलाइ समेत ध्यान दिएर कडा स्ुरक्षा मिलाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सादा पोशाकमा समेत उल्लेख्य मात्रामा प्रहरी खटाईएको सुरक्षा श्रोतको भनाइ रहेको छ । दमकको कस्मिक पार्टी प्यालेसमा ओली आफैले चियापानसहितको दशै शुभकामना आदाानप्रदान कार्यक्रम राख्नु भएको छ ।

भाषण धेरैको राख्न खोजिएपछि यसलाइ घटाउन कसरत पनि भइरहेको बताईएको छ । तीनदेखि ४ जनाभन्दा बढिको भाषण तथा बोल्ने क्रम नराख्न धेरैको सुझाव रहेको बताईएकोछ ।

तस्विर-विष्णुप्रसाद पोखरेल