दमक/प्रधानमन्त्री केपी शर्मा ओली केहिबेर पछि आज झापाको दमकमा आँउदैछन् । उनि आफैले दमकमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेकाहुन् ।

हरेक वर्ष झापाको विर्तामोडमा आयोजना हुँदै आएको शुभकामना आदान प्रदान कार्यक्रम यष वर्ष दमकमा हुन लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले १० वजे भद्रपुर विमानस्थल हुँदै यति एयरबाट झापा आउनुहुने प्रधानमन्त्री ओली सिधै दमकको कस्मिक पार्टी प्यालेसमा आउने र शुभकामना आदान प्रदान कार्यक्रम सकेर फेरि भद्रपुर हुँदै ४ वजे काठमाडौं फर्किने कार्यक्रम रहेको बताईएको छ ।

यहाँको कार्यक्रमको तयारी पुरा भएको नेकपाका एक नेताले बताएकाछन् । प्रहरीका अनुसार दमकको सुरक्षा ब्यवस्था समेत कडा पारिएको छ ।