विष्णुप्रसाद पोखरेल बेलडाँगी (दमक) । १० बर्षिया भुटानी शरणार्थी बालिका शुक्रबार नयाँ लुगा पाएपछि दंग हुनुहुन्थ्यो । टीका लगाएर दक्षिणा पाउदा त झनै खुसि हुन्ु भयो । अनि आफुजस्तै साथिसंगिसंग रमाइलो गर्दा उहाँलाइ निक्कै मज्जा पनि आयो । उहाँका बुबाआमा र आफन्त कोहि नभएकाले दशै खल्लो भएको थियो तर शुक्रबार त्यो सबै खल्लोपन उहाँको हरायो ।
झापाको दमक नगरपालिकामा गठित नगर बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरुले आफुहरुले आफन्तकोमा टिका लगाउदा पाएको दक्षिणा उठाएर भुटानी शरणार्थी तथा आसपासका क्षेत्रका असाहय, अनाथ र अपाङ्ता भएका वालबालिकाहरुसंगै दशै मनाउनका साथै अन्तराष्ट्रिय वालिका दिवस मनाएकाछन् । दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा नै दिवस मनाउनका साथै दशै कार्यक्रम भएको हो ।
भुटानी शरणार्थी बाल मञ्चसंगको समेत सहकार्यमा दमक नगर बाल सञ्जालले २५ जना वालबालिकाहरुलाइ नयाँ कपडा, दाँत बाझ्नका लागि ब्रस तथा टुथपेस प्रदान गर्नुका साथै मिठोमसिनो खाना ख्वाएर नाँचगान गराएकाछन । कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सबै वालबालिकाहरुलाइ टिका लगाइदिएर आर्शिबाद दिनु भएको थियो ।
अधिकारीले बालबालिकाहरुको संयोजनमा नै असाहय, अनाथ र अपाङ्ता भएका वालबालिकाहरुलाइ सहयोग र संगै दशै मनाउने कार्य अनुकरणिय भएको जनाउदै यसमा आफुले पनि साथ दिएको बताउनु भयो । अभिभावक नभएकाहरुले पनि दशैको महसुस गर्न पाएकाछन् र वालबालिकाहरुलाइ यस्तो अवस्था भएकाहरुलाइ सकेको सहयोग गर्नुपर्छ भन्ने भावाना प्रेरित भएको छ, उहाँले भन्नुभयो ।
शरणार्थी र गैह् शरणार्थी वालबालिका तथा वाल संगठनबीच एकता एवं सद्भावका लागि पनि यो कार्यक्रम सफल भएको उहाँले बताउनुभयो । फरक रुपमा रचानत्मक तरिकाले वालबालिकाहरुले बालिका अन्तराष्ट्रिय दिवस मनाएको उहाँको भनाइ रहेको थियो । यहाँ आएर दशै मनाउदा मेरो आँखा पनि आँशु रसाए र बल्ल खास रुपमा दशै मनाएको भान भयो, अधिकारीले जनाउनु भयो ।
दमक नगर बाल सञ्जालका अध्यक्ष मनिकुमार बुढाथोकीले बिभिन्न ठाँउमा आफन्तकोमा जाँदा भएको करिब २५ हजार रुपिया दक्षिणा र बिभिन्न सहयोगदाताहरुसंग सहयोग मागेर कार्यक्रम गरिएको बताउनुभयो । हामी केहि सक्नेले नसक्नेलाइ सहयोग गर्नुपर्छ भनेर यो कार्यक्रम राखेका हौ, उहाँले भन्नुभयो । हामीले आएर उनिहरुसंग दशै मनाउदा निक्कै खुसि मिल्यो, उहाँले भन्नुभयो ।
भुटानी शरणाथी बाल मञ्चका रामचन्द्र चापागाइले बिगतमा पनि आफुहरुले यस्ता वालबालिकाहरुलाइ राखेर कार्यक्रम गर्ने गरेको भएपनि यसरी ग्रैह् शरणार्थीहरुको समेत सहभागितामा यो कार्यक्रम गरिदा धेरै नै खुसि लागेको बताउनु भयो । असाहय, अनाथ र अपाङ्ता भएकाहरुसंग यसरी दशै मनाउदा आफुहरुलाइ गर्व लाग्ने गरेको उहाँको भनाइ रहेको छ ।
कार्यक्रममा वालदिवसको दिन भएको कार्यक्रममा राष्ट्रपतिलाइ पहिलो प्रश्न गरेर चर्चित बन्नु भएकी वालिका प्रेनुषा पाण्डेपनि सहभागि रहनु भएको थियो । पाण्डे दक्षिण एशियामा बालबालिकाहरु बिरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानमा नेपालको तर्फबाट छनौट भएकी वालिका हुनुहुन्छ ।











