वालिकालाइ जबरजस्ति करणी गरेको अभियोगमा एक ब्याक्ति पक्राउ परेकाछन् । झापाको मेचीनगर नगरपालिकामा १४ बर्षिया बालिकालाइ जबरजस्ति करणी गरेको अभियोगमा ४० बर्षिय युवराज बराइली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं निमित्त प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

दशैको समयमा कोहि नभएको मौका पारेर बराइलीले बालिकालाइ जबरजस्ति करणी गरेको बताईएको छ । पीडितकी आमाले इलाका प्रहरी कार्यालयमा जोहरी दिएपछि तत्कालै प्रहरी टोली गएर पक्राउ गरी अनुसन्धान शुरु गरिएको श्रेष्ठले जनाउनु भयो । वालिकाको स्वास्थ्य परिक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा भएको समेत जनाईएकोछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी प्रहरीले शुक्रबार मध्यराती भारत लैजाँदै गरेको ७१ बोरा मटर दाल पक्राउ गरेको जनाएको छ । झापाको मेचीनगर ६ स्थित चर्च क्षेत्रबाट उक्त परिणामको मटर दाल बरामद गरिएको श्रेष्ठले जनाउनु भयो । मध्यरातमा कर छलेर दाल भारततर्फ लैजाने गरेको सूचना प्रहरीमा आएको थियो । १ लाख ६ हजारभन्दा बढि मूल्यको मटरदाल मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको प्रहरी भनाइ छ ।