विष्णुप्रसाद पोखरेल गौरादह/ गौरादह बजारलाइ सुन्दर र सुविधा सम्पन्न बनाउन भनेर गौरादह बजारका रुखहरु काटिदा बिरोधको चर्को स्वर उठ्यो । वडाध्यक्ष नगेन्द्र भण्डारीदेखि लिएर मेयर रोहितकुमार शाह सम्मले निक्कै गालि खाए । बजार ब्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलाई त झनै आपत् थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज डेढ बर्षको अवधिमा हिजो गालि गर्नेहरुले आज तालि बजाएकाछन् । तिनै जसलाई गालि गरेका थिए तिनिहरुलाइ धन्यवाद दिएकाछन् । गौरादहको बजार साच्चै हेर्न लायक बनेको छ ।

यो बजारले स्वरुप परिवर्तन गर्नुमा एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, संबिधानसभा सदस्य दिपक कार्की लगायतको भूमिकाको पनि प्रशंशा गरिएको छ ।

आइतवार दशै सास्कृतिक महोत्सव उद्घाटन संगै बजारको औपचारिक उद्घाटन मन्त्री काकी र गौरादहका मेयर शाहले गरे । गौरादहको पहिचान गाइले पोखरीमा पानी खाएको प्रतिमा अनावरण सहित बजारको उद्घाटन भयो ।

सातामा दूइपटक आइतवार र विहिबार हाट बजार लाग्ने र बाँकी ५ दिन पार्कको रुपमा यसलाइ आन्तरिक तथा बाहिरी पर्यटक घुम्ने स्थलको रुपमा निर्माण गरिएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी बताउछन् ।

करिब १३ कठ्ठा जमिनमा दुइतर्फी गरेर ९८ वटा ब्यवस्थित स्टल रहेकाछन् । बिभिन्न प्रजातीका रुखहरुले हरियाली वातवरण देखिन्छ । प्रदेश सरकार, नगरपालिका र स्थानीयको गरेर झण्डै डेढ करोड खर्च भएको बताईएको छ ।

बजार ब्यबस्थापन समितीमा अध्यक्ष खड्ग थापाका अनुसार सबैको सहयोग साथका कारण आज बजारलाइ नमुना बनाउन सकिएको हो । यसलाइ अझै धेरै ब्यवस्थित गर्न बाँकि रहेको उनको भनाइ छ ।

नगरपालिका वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्कीले यो अब गौरादहको नयाँ परिचय बोकेको र अरुका लागि समेत उदाहरणीय बजार भएको दाबी गरे । उनले गौरादहले गर्व गर्न लायक बजार बनेको पनि बताए ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह पुरानो ऐतिहासिक गौरादह बजार नगरपालिकाको पहिचानको रुपमा नमुना बजार बनेको बताउदै अन्य पुराना बजारहरुको समेत ब्यवस्थापन र पुननिर्माणमो चालु आर्थिक बर्षमा बजेटको ब्यवस्था गरिएको बताउछन् ।