विष्णुप्रसाद पोखरेल

दमक  । असोज अस्पतालहरुमा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि (स्पाइनल एनेस्थेसिया)को अभाव भएपछि अबैध रुपमा भारतबाट ल्याएर भएपनि काम चलाउनु पर्ने बाध्यता आएको पाईएको छ । यहाँआम्दा र लाइफलाइन अस्पताल दमकका ठुला अस्पताल हुन् ।का औषधि पसलहरुले अबैध रुपमा भारतबाट ल्याएर यहाँका अस्पतालहरुलाइ महगो मूल्यमा बेच्न समेत थालेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शल्यक्रिया गर्नु अघि छालालाइ लट्याउन प्रयोग हुने औषधिको अभाव भएको केहि समय भएको र कतिपय अवस्थामा भन्सारमा माथिल्लो तहका नेताहरुलाइ भन्न लगाएर समेत औषधि ल्याएर काम चलाउन पर्ने अवस्था आएको झापाका अस्पतालका सञ्चालकहरुले बताएकाछन् । एनेस्थेसिया परम्परागत रूपमा दुखाई वा अन्य सेन्सेसनलाई रोक्ने प्रक्रियालाइ भनिन्छ । यस प्रक्रियाले बिरामीलाई शल्यक्रिया र अन्य दुख्ने प्रक्रियाको दुखाईबाट बच्न सहायता गर्दछ ।

दमकस्थित आम्दा अस्पातलका मेडिकल सुपरिटेन्डेन्ट तथा एनेस्थेसिय विशेषज्ञ डा. नविन ढकालका अनुसार एक महिना अघिदेखि नै यो औषकिो अभाव भएको हो । अहिले दुख गरेर जसोतसो चलाइरहेकाछौ र यहि अवस्था रहे जटिल प्रकारका शल्यक्रिया समेत रोक्नु पर्ने अवस्था रहन्छ, ढकालले भन्नुभयो । भारतबाट ल्याउनु पर्ने या त यहाँ महगो मूल्यमा किनेर काम चलाउनु पर्ने अवस्था छ, उहाँले भन्नुभयो ।

औषधि विक्रेताहरुले भने अवैध रुपमा भारतबाट ल्याउनु पर्ने भएकाले यहाँ महगो मूल्य लिनु पर्ने अवस्था आएको बताउदै आएकाछन् । यस विषयमा हामीले स्थानीय सरकार र सम्बन्धित निकायमा जानकारी गराएका छौ, डा. ढकालले भन्नुभयो । झापा जिल्लाभर नै यो समस्या रहेको समेत बताईएको छ । आम्दा अस्पतालमामात्र दैनिक कम्तिमा १५ वटा साना ठुला शल्यक्रिया हुँदै आएको छ ।

दमकस्थित लाइफलाइन अस्पतालका सुपरभाइजर नविन यादवका अनुसार अस्पतालले भन्सारलाइ पत्र लेखेर अवस्थाबारे जानकारी गराउदै भारतको सिलगुढी गएर औषधि ल्याउनु परेको बताउनु भयो । विरामीको मर्मलाइ बुझ्नो यो हाम्रो बाध्यता हो, उहाँले भन्नुभयो ।

विरामीको अवस्था जटिल रहेको हुनाले हामीले बाध्य भएर बाहिरबाट अवैध रुपमा ल्याएर भएपनि काम चलाउनु पर्ने बाध्यता आएकाले यस्तो गर्नु परेको हो, उहाँले भन्नुभयो । लाइफलाइन अस्पातलमा पनि दैनिक कम्तिमा १५ वटासम्म शल्यक्रिया हँुदै आएको यादवले बताउनु भयो । आम्दा र लाइफलाइन अस्पताल दमकका ठुला अस्पताल हुन् ।

दमकमा एडभान्स, सरकारी दमक अस्पताल, नीजि दमक हस्पिटल, निम्स अस्पताल, ओम मेची अस्पताल लगायत ठुला साना गरेर एकदर्जनभन्दा बढि अस्पातल तथा क्लिनिकहरु रहेकाछन् । सबैमा उस्तै समस्या रहेको बताईएको छ ।