विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा नयाँ आएका डिएसपीको शुरुमा आलोचना शुरु भएको छ । ठगी कार्यमा संलग्न रहेका ब्याक्तिलाइ स्थानीयले पक्राउ गरेर बुझाएको केहि घण्टा बित्न नपाउदै छोडिएपछि यसले उनको आलोचना भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिब्रो नभएका कारण बोल्न नसक्ने, परिवारका सबै सदस्यहरु यस्तै अवस्थामा रहेको भन्दै नक्कली विवरण बनाएर प्रमुख जिल्ला अधिकारीको समेत नक्कली दस्तखत गरेर कागज बनाई बोकेको ब्याक्तिलाइ कार्वाहीको केहि प्रमाण नभएको भन्दै प्रहरीले छाडेको थियो ।

कमल गाँउपालिकामा ठगि गर्दै हिडिरहेको अवस्थामा पक्राउ गरेर आफुहरुले प्रहरीमा बुझाएको केहि घण्टा बित्न नपाउदै उक्त ठगलाइ छाडिएको कमल गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए । यो प्रहरीको बेइमानी भएको उनको भनाइ रहेको थियो ।

एक दिन मात्र दमक आएका इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पंण्डितले माग्ने मान्छे भएकाले कार्वाही गर्ने आधार नभएर छाडिएको बताए । त्यस्तालाइ के आधारमा कार्वाही गर्ने भनेर आफ्नो एरिया कटाएका हौ,उनले भने ।

नक्कली लेटर प्याड, किर्ते दस्तखत र झुटो विवरण लिएर हिडेको प्रमाण हुँदाहुदै पनि डिएसपी पंण्डितले यस्तो जनाए । उनले यी प्रमाणहरुको बिषयमा कुरा गर्दा अब यस्तो भेटिए पक्राउ गरिने जनाए । अब हामी यस्तो पाएमा तत्काल पक्राउ गरेर आवश्यक अनुसन्धान गर्छौ, पंण्डितले भने ।

यसभन्दा अघि पनि भारतीय नागरिकहरु आएर यस्तै र यहि प्रकारको लेटरप्याड बोकेर ठगी गर्दै गर्दा पक्राउ गरेर कमल गाँउपालिकाबाट स्थानीयले दमक प्रहरीलाइ बुझाएका थिए । उनिहरुले ६ दिन हिरासतमा बसेपछि मात्र बोलेका थिए र पछि उनिहरु छुटे ।