झापाका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमबार राती ८ बजेको समयमा दुधेबाट शिवगंज तर्फ जादै गरेको मे २ प ३५३९ नम्बरको मोटरसाईकले पैदल यात्री झापाको बुद्धशान्ति गाउँपालिका-३ बस्ने बर्ष ४२ को ईन्द्र बहादुर दंगाललाई ठक्कर दिंदा घाईते भएका दंगालको उपचारको क्रममा बि. एण्ड .सि .अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र मोटरसाईकल चालक झापाको शिवसताक्षी नगरपालिका-७ बस्ने वर्ष २१ को रेम बहादुर बानियालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी झापाको कमल गाउँपालिका-३ कमल पुल छेउमा बस आफै अनियन्त्रित भइ पल्टिदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् । सोमबार राती पौने १२ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख ३०८७ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी केरखा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दुर्घटनामा परेर गम्भिर घाईते भएका झापाको दमक नगरपालिका-८ बस्ने वर्ष २६ को शंकर पौदार र सोही नगरपालिका-१ बस्ने बर्ष २६ को पप्पु चौधरीलाई उपचारकोलागी लाइफ लाइन अस्पताल दमक पठाएकोमा शंकर पौदारको बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना भएको बस प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको छ भने बसका चालक र सह-चालक फरार रहेकोले खोजतलास कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

फायल-फोटो