दमक/ प्रहरीले लागुऔषध सहित दुइजना लागुऔषध प्रयोकर्तालाइ पक्राउ गरेको छ । यस्तो छ प्रहरीले पठाएको विवरण-

मिति २०७६।०७।०८ गते अ.१९:५० बजे जिल्ला झापा भद्रपुर नपा-८ भन्सार गेट अगाडी नेपाल प्रहरी तथा शसस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला झापा बिर्तामोड नपा-७ बस्ने बर्ष २३ को चन्दन साह र ऐ. दमक नपा ८ बस्ने बर्ष २३ को बिशाल गुरुङको साथ बाट ला.औ. फेनारगन-६, डाईजोपाम-८ र लुपिजेसिक-८ गरी जम्मा २२ एम्पुल बरामद गरी मानिस तथा ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. झापामा राखिएको

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड