विष्णुप्रसाद पोखरेल /दमक/ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले अब कामका परिणामहरु देखिन थाल्ने बताएकाछन् । उनले सरकारले केहि नै काम गरेन भनेर आलोचना अब हुन छाड्ने जनाउदै यस्तो बताएकाहुन् ।
उनले प्रदेश सरकार चलयमान रहेको जनाउदै आवश्यक कानून बनाउने क्रममा र कर्मचारी ब्यवस्थापन लगायतका बिषयले जनताले चाहेजस्तो विकास निर्माण लगायतको काम नभएको जनाए ।

झापाको गौरादहमा पत्रकार सम्मेलन गर्दै उनले अहिले विकासका कामले गति लिएको पनि जनाए । अबको एक बर्षभित्रमा काम भएको जनताले महसुस गर्ने जनाउदै सरकार यसका लागि लागि परेको उनको भनाइ थियो । उनले क्षेत्रको विकासका लागि पनि थुप्रै कामहरु भएको जनाए ।
मन्त्रि कार्कीले अब प्रदेशको नामकरणको बिषय पनि टुंगिने दाबी गरे । राजधानीको बिषय टुंगो लागिसकेकाले अब नाम पनि टुंगो लाग्ने उनको भनाइ थियो । सहमतिमा नै नाम टुंगो लगाउन प्रयास भएकाले केहि समय लागेको उनको भनाइ थियो ।
२० महिनाको अवधिमा ४२ वटा कानुनको निर्माण भइसकेको र अहिले पनि केहि कानूनहरु निर्माणको अन्तिम चरणमा रहेको उनको कार्कीको भनाइ रहेको थियो ।









